Kantipur Samachar | कान्तिपुर समाचार, १० माघ २०७८

माघ १०, २०७८
Kantipur Samachar | कान्तिपुर समाचार, १० माघ २०७८

आजको मुख्य समाचार -

*  आज ८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि / स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालहरुमा सेवा प्रभावित / महामारी नियन्त्रणमा सरकारी रणनीति असफल । 

*  दलीय दाउपेचले स्थानीय तह जनप्रतिनिधिविहीन बन्ने जोखिम / ऐन संशोधन गरी कामचलाउ हैसियतमा पुर्याउने सत्ता गठबन्धनको तयारी / एमाले भन्छ- प्रतिवाद गर्छौं । 

*  लगानीयोग्य रकमको अभाव भइरहेका बेला सरकारले उठाउन थाल्यो आन्तरिक ऋण / समयमै विकास खर्च गर्न नसके तरलता अभाव झन् चर्कने । 

*  ‌ओमिक्रोन भेरिएन्टले कोभिड महामारीलाई अन्त्यतर्फ लगेको डब्लुएचओको भनाइ / युरोपमा देखिन थाल्यो संकेत / भारतमा पनि दैनिक संक्रमणमा कमी । 

*  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि अफ्रिकी मुलुक मोरिससको राष्ट्रिय टोली काठमाडौँमा / खेल आगामी शनिबार र मंगलबार दशरथ रंगशालामा हुने ।