एक सातामा कोभिड संक्रमण दर पाँच गुणाले बढ्यो

माघ १, २०७८
एक सातामा कोभिड संक्रमण दर पाँच गुणाले बढ्यो

पछिल्लो सात दिनमा दैनिक कोरोना संक्रमित करिव पाँच गुणाले बढेको छ । गएको आइतवार ८ सय ४१ संक्रमित रहेकोमा आज  ३७ सय ३ जना संक्रमित भएका छन् । स्वास्थ्य सावधानी अपनाउन आमनागरिकले गरेको हेलचेक्रयाई र खोप वितरण प्रभावकारी नहुँदा कोरोना संक्रमण दर तिब्र बनेको हो । असार पहिलो साता सुन्य दशमलव ६ प्रतिशतमा झरेको कोरोना संक्रमण दर आज ३५ प्रतिशतमा पुगेको छ । स्वास्थ्य मन्त्रालयले माघ १५ सम्ममा संक्रमण दर उच्च बिन्दुमा पुग्ने अनुमान गरेको छ ।

गत आइतबारसम्म कोरोना संक्रमण दर ९ प्रतिशत देखिएकामा सोमवार एकै दिनमा  ६ प्रतिशतले वृद्धि भयो । मंगलबार ३ प्रतिशतले कमी आएको संक्रमण दरमा बुधवार एकैदिन २४ सय ४८ संक्रमित थपिएर २७ प्रतिशत पुग्यो । यो संख्या अघिल्लो दिनको भन्दा ९ प्रतिशत बढि हो । त्यस्तै बिहीबार पनि २७ प्रतिशतमा संक्रमित देखिदा शुक्रवार ३१ प्रतिशतमा भाइरस पुष्टि भयो ।  शनिबार मात्रै ३५ दशमलव ५  प्रतिशतले संक्रमित थपिएका छन् । यहि अनुपातमा वृद्धि हुने हो भने माघ दोस्रो साता सम्ममा  संक्रमणदर उच्च बिन्दुमा पुग्ने निश्चित छ । दोस्रो लहरको उच्च बिन्दुमा पुग्दा दैनिक १० हजारसम्म सक्रमित थपिएका थिए । खोपको प्रभावकारी वितरण हुन नसक्नु र भारतमा ओमिक्रोन तिब्र गतिमा फैलनु लगायतका कारण दोस्रो लहरमा भन्दा यसपाली बढि संक्रमित हुने डर बढेको हो ।

सरकारले जनस्वाथ्यको मापदण्ड अपनाउन र खोप लगाउन निर्देशन दिएको छ । तर खोप केन्द्रहरु व्यवस्थित छैनन् ।  त्यसैले उहि अनुपातमा कोरोना बढ्ने तर बेलैमा सरकाले कोरोना कम गर्न कदम नचाल्ने हो भने दोस्रो लहरको भन्दा भयावह अवस्था नआउला भन्न सकिन्न ।