Kantipur Samachar | कान्तिपुर समाचार, २९ पौष २०७८

पुस २९, २०७८
Kantipur Samachar | कान्तिपुर समाचार, २९ पौष २०७८

आजको मुख्य समाचार -

* प्रहरी र सरकारी वकिलबीच समन्वय अभावले अपराध र अनियमितताका ठूला मुद्दामा सधैं समस्या / अनुसन्धान र अभियोजनमा एकअर्कोलाई सहयोग नगर्दा दोषीलाई बारम्बार उन्मुक्ति । 

* एकैदिन २९ सय २२ कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै दुई तिहाइ / देशैभरका अस्पतालमा भर्नादर दिनदिनै बढ्दो / कर्णालीमा भने परीक्षणको समेत तयारी छैन । 

* मूल्यवृध्दि सरकारको नियन्त्रण बाहिर / राष्ट्र बैंकको प्रतिवेदन भन्छ - महँगी सात प्रतिशत नाघ्यो / खाद्यान्न र तेलको मूल्यवृद्धि सबैभन्दा उच्च ।

* विश्वभर एक सातामा डेढ करोड मानिस कोरोना संक्रमित / भारतमा एकै दिन साढे २ लाख थपिए / अष्ट्रेलियामा पहिलोपटक दैनिक संक्रमण डेढ लाखभन्दा माथि । 

* प्रधानमन्त्री कप टि ट्वेन्टी क्रिकेटमा एपीएफ क्लबलाई लगातार तेस्रो जीत / गण्डकी मात्र दुई रनले पराजित / सुदूरपश्चिम प्रदेशले कर्णालीलाई ४७ रनले हरायो ।