Kantipur Samachar | कान्तिपुर समाचार, २८ पौष २०७८

पुस २८, २०७८
Kantipur Samachar | कान्तिपुर समाचार, २८ पौष २०७८

आजको मुख्य समाचार -

*  कोरोना संक्रमणमा दिनदिनै वृद्धि भइरहँदासमेत नागरिक स्तरमा सावधानी देखिएन / आज एकै दिन २४ सय भन्दाबढी संक्रमित थपिए /  परीक्षण सुस्त हुँदा समुदायमा संक्रमण फैलियो । 

*  प्रदेश सरकारहरुको सुस्त कार्यशैलीले संघीयता कार्यान्वयनमै प्रश्न / चार वर्षमा अत्यावश्यक संरचनासम्म बनाउन सकेनन् / सुशासन र जनताका अपेक्षा ओझेलमा ।  

*  नेपालको आर्थिक वृद्धिदर चार प्रतिशत पनि नपुग्ने विश्व बैंकको प्रक्षेपण / महामारीको नयाँ लहरले आर्थिक गतिविधि सुस्ताउँदा विश्वभर महंगी बढ्ने / धनी र गरिबबीचको खाडल झन् गहिरिने ।  

*  वाणिज्य बैंकहरुले तत्काल बचतको ब्याजदर नबढाउने / ऋणीलाई भने डेढ प्रतिशतसम्म ब्याज बढ्ने संकेत ।

*  नेपाली युवा स्टार प्रीन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्ष स्थानमा / प्रिन्स भन्छन्- सिनियरतर्फ पनि राम्रो गर्न चुनौती बढ्यो ।