कांग्रेसको नेतृत्व पुस्तान्तरण केबल नारामै

मंसिर १९, २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेसन आउन एक साता मात्र बाँकी छ । प्रादेशिक नेतृत्व चयनका लागि हिजो ६ वटा प्रदेशमा मतदान भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली, प्रदेश-१ र सुदूरपश्चिम प्रदेशमा मतदान सकिएको छ । वाग्मती प्रदेशमा भने मतदान जारी छ । वडा तहदेखि नै युवापुस्ताको हस्तक्षेपकारी उपस्थिति देखिएको कांग्रेसले १४ औं महाधिवेसनबाट आफूलाई रुपान्तरण र पुस्तान्तरणको बाटोमा लान्छ कि लादैन भन्ने विषय पेचिलो बनेको छ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको ६ वर्षपछि बल्ल नेपाली कांग्रेसले प्रदेश अधिवेसन मार्फत पार्टीमा संघीयताको व्यवहारिक अभ्यास सुरु गरेको छ । संघीयताको पूर्ण कार्यान्वयन, मौलिक हक, युवामैत्री नीतिलगायतका विषयमा कांग्रेस महाधिवेशनले के कस्ता निर्णय गर्छ भन्ने स्पष्ट भइसकेको छैन । 

यद्यपी विकासको नेतृत्व, संविधानको अक्षरसः कार्यान्वयन गर्ने र आयमूलक कार्यक्रम मार्फत मुलुकलाई रुपान्तरणको दिशामा कांगेस अघि बढ्नुपर्ने आवश्यकता युवा पुस्ताले देखेको छ । कांग्रेसको केन्द्रीय नेतृत्वका लागि पाका उमेरका नेताहरु नै लालायित देखिएका छन् । रुपान्तरण , पुस्तान्तरणका नारा अघि सारिए पनि तत्काल कार्यान्वयन हुने सम्भावना देखिदैन ।

कांग्रेसले आफ्ना भ्रातृ संस्थाहरु तरुण दल, नेवि संघलगायतका अधिवेशन समयमा गर्न सकेको छैन । त्यही कारण युवाहरु पार्टी राजनीतिमै होमिएको देखिन्छ । कांग्रेसको १४ औं महाधिवेसनका युवा प्रतिनिधिको उपस्थिति हेर्ने हो भने अब उनीहरुलाई पूर्णरुपमा इन्कार गरेर अघि बढ्न सक्ने अवस्था नेतृत्वमा देखिादैन । त्यसमाथि पदाधिकारीमा समेत युवा नेताहरुको दाबेदारी जबरजस्त देखिादै जाादा पुस्तान्तरणका लागि अब धेरै वर्ष कुर्नुपर्ने छैन ।