एमाले महाधिवेशन प्रतिनिधि भन्छन् - नेतृत्वमा अधिनायकवादी शैली झल्कियो

मंसिर १२, २०७८

१० औं महाधिवेशनबाट नेतृत्व छान्नकै लागि भनेर एमालेले २१ सयभन्दा बढी प्रतिनिधिलाई चितवनमा जम्मा पारेको हो। तर एमालेको महाधिवेशन आदेश पालनामै सिमित भयो । 

बन्दसत्र पर्खेर जम्मा भएका प्रतिनिधि दिनभर महाधिवेशन स्थल बाहिरै बसे । आकांक्षीले पनि केपी शर्मा ओलीकै आर्शीवाद पर्खनुपर्यो । नेतृत्वका कतिपय आकांक्षीले त मत पनि मागिरहेका थिए । सहमति नभए प्रतिष्पर्धामा जानुपर्ने धारणाले कही ठाउा पाएन् । किनभने कसलाई छान्ने भनेर सूची बनाउने काम केपी शर्मा ओलीको निर्देशनमा होटलमा बनिरहेको थियो । 

पार्टी जनताबाट र नेता कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने भन्दै सहभागीले तत्कालै निर्वाचन प्रकृया अघि बढाउन माग गरेपनि कतै सुनुवाइ भएन । जसलाई प्रतिनिधिले नै नेतृत्वको अधिनायकवादी शैली भनेका छन् ।