एमालेमा विधानदेखि महाधिवेशनसम्म ओलीको बल मिच्याईँ

मंसिर १२, २०७८

त्यसो त ओली अहिले आएर मात्रै सर्वमान्य बन्न खोजेका होइनन् । नवौं महाधिवेशनबाट नेतृत्वमा उदाए यता उनी एकपछि अर्को गर्दै शक्तिशाली बन्न चाहिरहेका छन् । राष्ट्रिय राजनीति होस् वा संसदीय अंक गणित  सबैतिर एक्लिँदा पनि ओली पार्टीभित्र झन सर्वेसर्वा बन्ने धाउन्नमा छन् । अरुका कुरा सुन्न समेत चाहन्नन् ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी तालमेल, पार्टी एकता, नेकपा भंङ्ग, पार्टी विभाजन, सत्ताबाट बहिर्गमन यी सबै प्रकरण खासमा ओलीको सर्वेसर्वा बन्ने रणनीतिसँग जोडिएका घटनाक्रम हुन् । तर आफ्नो गल्ती कतै स्वीकारेनन् । बरु सरकारमा हुँदा होस् वा पार्टी नेतृत्वमा, सबथोक म नै हुँ भन्ने कार्यशैलीको निरन्तरता दशौं महाधिवेशनमा पनि देखियो । असोजमा विधान महाधिवेशन गरेर प्रतिनिधिलाई ताली बजाउन लगाए । तर आफ्नो स्वार्थ पुरा नभएपछि दशौं महाधिवेशनको बन्दसत्र शुरु भएकै दिन मध्यरातमा परिवर्तन गरेर पदाधिकारी र सदस्य मात्रै थपेनन, एउटै पदमा दुई पटकभन्दा बढी उम्मेवदार हुन  नपाउने वैधानिक व्यवस्था नै  खारेज गर्न लगाए ।  यो पटक आन्तरिक लोकतन्त्र स्वीकारेर चुनावमा प्रतिष्पर्धा गर्न निषेधको रणनीति अपनाए । अध्यक्ष दाबेदार भीम रावल र अरु प्रतिष्पर्धीलाई चुनावी मैदानमा उत्रन तथा प्रचारप्रसारमा रोक लगाउन निर्देशन दिनुले ओली आफ्नो सर्वमान्य बन्ने बाटोमा कसैलाई देख्न पनि चाहन्नन भन्ने पुष्टी गर्छ । 

यति मात्रै होइन, आफू र निकट नेताहरुलाई पार्टीमा स्थापित गर्न सबथोक गर्छन् । ओलीले विधि पद्धतीको उपदेश दिँदै भन्दै घण्टौं भाषण गर्छन् । तर आफू शक्तिशाली भएको मुकुट लगाउन सारा पद्दतीलाई आफैले धुलिसात पार्छन् ।  

ओलीमा अलोकतान्त्रिक प्रवृति बढ्नुमा उनलाई देवत्वकरण गर्नेहरु पनि भागीदार छन् ।