पूर्वपश्चिम राजमार्गका ६ सय पुलमध्ये अधिकांश जीर्ण

कार्तिक १०, २०७८

पूर्वपश्चिम राजमार्गका अधिकांश पुल जीर्ण भएका छन् । जीर्ण पुलका कारण राजमार्गको यात्रा कष्टकर हुने गरेको छ । समयमा  मर्मत नहुँदा पुल भत्कने, भासिने र राजमार्गका विभिन्न खण्ड बेलाबखत बन्द हुने जस्ता समस्या निम्तिने गरेका छन् ।

पुल भत्किएपछि अस्थायी कज्वे बनाइएको छ । तर ठूलो पानी पर्दा कज्वे पनि बाढीले बगाउँछ र यात्रुहरु अलपत्र पर्छन् ।पूर्वपश्चिम राजमार्गकै बुटवलको तिनाउ पुलको तीनमिटर तल जगसमेत देखिएको छ । नवलपरासीको तुरीया पुलको पिल्लर पानी आयो कि बगाउछ । लोकाहा र जय श्री पुल पनि पटक पटक भाचिने र सडक अवरुद्ध हुने गरेका छन् । बाराको निजगढ सडकखण्डका लालबकैया, पसाहा लगायतका पुल भत्किने अवस्थामा छन् ।  मेचीदेखि महाकालीसम्मको १ हजार २७. ५६ किलोमिटर लम्बाइको पूर्वपश्चिम राजमार्गमा साना ठूला करिब ६ सय पुल छन् । सवारीको चाप, अत्यधिक बढी भारबहनका कारण सबैजसो पुल थर्कन्छन् । यसैमाथि खोला तथा नदीहरुमा भएको गिट्टी, ढुंगा र बालुवाको अनियन्त्रित उत्खनन र दोहनले पुल खलबलिएका छन् ।

४ वर्षअघि सडक विभागको पुल महाशाखाले गरेको अध्ययनले पूर्वपश्चिम राजमार्गका ८० प्रतिशत पुल मर्मतसंहार र ५० प्रतिशत पुल पुर्ननिर्माण गर्नुपर्ने देखाएको छ । अहिले बुटवल नारायणगढ सडकखण्डको बुटवल नारायणगढ सडक खण्डको १ सय १३ किलोमिटर क्षेत्रमा ९ वटा ठूला पुल र १ सय १६ वटा कल्भर्ट बनाउन भत्काएर लथालिंग पारिएको छ । अन्य पुल कहिले कसरी बन्ने हुन् वा पुल भत्केर र भासिएर अकल्पनिय क्षती हुने हो  टुंगो छैन ।