कांग्रेसको वैधानिकताबारे के भन्छन् जानकारहरु ?

कार्तिक ६, २०७८

सत्तारुढ नेपाली कांग्रेसले संविधानमा रहेको राजनीतिक दल सम्बन्धी व्यवस्थाको उल्घङ्न गरेपछि पार्टीको बैधानिकतामाथि प्रश्न उठिरहेको छ । पाँच वर्षभित्र प्रदेश र संघका पदाधिकारीको निर्वाचन गर्नैपर्ने व्यवस्थालाई छलेको कांग्रेस पार्टीको बैधानिकता संकटमा पर्दा समेत बेखबर जस्तै बनेको छ । २०७२ फागुनमा १३ औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसले २०७७ फागुनमा सम्ममा आफ्नो १४ महाधिवेशन गर्नुपर्ने थियो । कोरोना महामारीलाई कारण देखाएर पार्टी र पदाधिकारीको निर्वाचन ६ महिना सार्न सकिने व्यवस्था समेत पार गरिसकेको छ ।  कांग्रेसले वडा र नगरको अधिवेशन गरेर कानुन छल्ने कोसिस गरिहेको छ । तर संविधानको बाध्यकारी व्यवस्था छल्न सक्ने ठाउँ कतै देखिदैन । यसै विषय आधारित रहेर सहकर्मी बाबुराम तिमिल्सिनाले कानुनका जानकार र कांग्रेस नेतालाई कांग्रेसको बैधानिकताबारे प्रश्न गरेका छन् ।