बर्दियाको राजापुर टप्पुका अधिकांश बस्ती पूरै जलमग्न

कार्तिक ३, २०७८

तीनतिरबाट कर्णाली नदीले घेरिएको बर्दियाको राजापुर टप्पुका अधिकांश बस्ती पूरै जलमग्न भएका छन् । तटबन्ध भत्काएर कर्णालीको बाढी बस्तीतिर सोझिदा राजापुर नगरपालिका र गेरुवा गाउँपालिका ८ वटा गाउँ डुवानमा छन् । यस क्षेत्रमा १ हजार ४ सय ५८ परिवारका ६ हजारभन्दा बढी बासिन्दा विस्थापित भएको प्रशासनको तथ्यांक छ । खाने-बस्ने ओभानो ठाउँ समेत नपाउँदा धेरै परिवार दुई दिनदेखि  भोकभोकै छन् । नेपालगन्ज सहकर्मी जे पाण्डेले जोखिमयुक्त डुवान क्षेत्र पुगेर तयार पारेको यो रिपोर्ट ।