Kantipur Samachar | कान्तिपुर समाचार, २४ असोज २०७८

आश्विन २४, २०७८

आजको मुख्य समाचार -

* रुपन्देहीको औद्योगिक क्षेत्र कब्जा गर्ने समूह र प्रहरीबीच झडप / चारजनाको मृत्यु / दुई दर्जनभन्दा बढी घाइते / स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू । 

* चौतर्फी आलोचना र दबाबबीच उद्योगमन्त्री हमालद्वारा दुई दिनमै राजीनामा / गैर सांसदलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री र प्रधानन्यायाधीश विवादमा ।

* दशैं मनाउन सर्वसाधारणले बैंकबाट झिके ३५ अर्ब रुपैयाँ  / १२ अर्ब बराबरको नयाँ नोट साटिएको राष्ट्र बैंकको तथ्यांक ।  

* चीन र ताइवानबीचको तनाव उत्कर्षमा / चिनीयाँ दबाब सामू कुनै हालतमा नझुक्ने ताइवानी राष्ट्रपतिको भनाइ ।

* साफ च्याम्पियनसिपमा आज नेपालले चीर प्रतिद्वन्दी भारतको सामना गर्दै  /  नेपाललाई पहिलो पटक फाइनलमा पुग्ने मौका ।