सल्यानमा भएका जघन्य अपराधको अनुसन्धान फितलो

आश्विन ८, २०७८

फोन इन्टरनेटको पहुँचदेखि टाढा रहेका सल्यानका गाउँबस्तीमा पछिल्लो समय  अपराधिक घट्ना बढदै गएका छन् । सदरमुकामदेखि टाढा र सजिलै प्रहरी पुग्न नसक्ने गाउँमा अपराधका घटना बढेका हुन् ।

गएको जेठ ३१ गते सल्यानको दार्मा गाउापालिका गौतेकी २८ वषिर्या एक महिला घर नजिकैको खोलामा हत्या गरिएको अवस्थामा फेला परिन, प्रहरीले २५ जना भन्दा बढिलाई रोधपुछका लागि अनुसन्धानमा ल्याइयो, तर अझै अपराधी पत्ता लाग्न सकेको छैन । यस्तै भदौ १० गते दार्माकै  अर्का ५० वर्षका पुरुष मृत अवस्थामा भेटिए ।  अपराधी पत्ता लगाउन कुकुरसहितको अनुसन्धान टोली खटियो, यो घट्नाको अपराधी पनि पत्ता लाग्न सकेेको छैन । यी त केही उदाहरण मात्र हुान । यस्ता अपराधिक  घटना गाउाघरमा दिनानुदिन बढिरहेका छन् । 

अपराधिक घट्ना बढेपछि स्थानीयको सुरक्षाका लागि अहिले यस क्षेत्रमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा सात जना सुरक्षाकर्मी सहित प्रहरी चौकी राखिएको छ । सल्यानमा गएको आर्थिक वर्षमा १२ वटा कर्तव्य ज्यानका घटना भएका थिए भने १० वटा हत्या प्रयास भएका थिए । यस अािर्थक वर्षको साउनदेखि यता ३ वटा कर्तव्य ज्यानका घटना भएका छन् ।