कर्णालीको केन्द्र सुर्खेतमा चाडपर्वको मौका छोपेर मनपरी मूल्यवृद्धि

आश्विन ८, २०७८

कर्णाली प्रदेशको व्यापारिक केन्द्र सुर्खेतमा चाडपर्वको मौका छोपेर सामानको मूल्य व्यापारीले मनपरी बढाएका छन् । खाद्यान्न सहितको सामानको मूल्य आकाशिएर उपभोक्ताले छोइनसक्नु भएका बेला नियमनकारी निकाय भने मौन छन् ।

कणर्ालीको प्रवेशद्वार, त्यत्ति मात्रै होइन् मुख्य व्यापारीक केन्द्र पनि हो सुर्खेतको, वीरेन्द्रनगर । चाडपर्व नजिकिएसंगै कणर्ालीका हिमाली जिल्लाका मानिस नुनदेखि सुनसम्मको किनमेल गर्ने स्थानमा ब्यापारीले मनलाग्दी मूल्य बढाएका छन् । दशै, तिहार जस्ता चाडपर्वमा सबैभन्दा बढी दैनिक खाद्यवस्तुको माग हुने हुदाा असोज लागेसंगै खाने तेलको एक कार्टुनमा २ सयदेखि ३ सय ६० सम्म पुगेको छ । सिमी, चना, मुसुरो, मास लगायतका दालमा १५ देखि २० रुपैयाा बढेको छ । यी त ब्यापारीले मनपरी मूल्य बढाएका केही उदाहरण मात्रै हुन् । सबैजसो दैनिक उपभोग्यबस्तुमा यसरी नै मूल्य बढाइएको छ । 

सुर्खेतसहित दैलेख, सल्यान, जाजरकोट लगायतका जिल्लामा खाद्यवस्तुको मूल्य अचाक्ली बढेको छ ।  बजारमा अस्वभाविक र अनियन्त्रित तरिकाले मूल्य वृद्धि गरेर उपभोक्ताको ढाड सेक्दा समेत निगरानी र अनुगमन भएको पाइदैन्।कोरोना संक्रमणले आक्रान्त बनेका उपभोक्तालाई अर्कोतिर खाद्यान्न, तरकारी, फलफूल लगायत दैनिक उपभोग्य वस्तुको मनपरी मूल्य वृद्धिले थप मारमा परेका छन् । व्यापारीहरुले अस्वभाविक रुपमा मूल्य वृद्धि गरेको भएपनि सम्बन्धित निकाय भने मुखदर्शक बनेका छन् ।