एकीकृत नमूना बस्तीमा सर्न भूकम्पपीडितको अनिच्छा, थातथलो छाडे रोजीरोटीको चिन्ता

आश्विन ८, २०७८

भूकम्पले पुरानै थाथलोममा बस्न अयोग्य भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो पटक एकीकृत नमूना वस्तीको अवधारणा ल्यायो । वस्ती स्थान्तरण गरेर दोलखा र धादिङमा चिटिक्क परेका एकीकृत नमूना वस्ती  पनि बने । भूकम्प पीडितहरु  आफ्नो पूरानो थातथलो छोडेर नमूना वस्तीमा  सरेर बस्न मान्दैनन्  । जसका कारण पहाडमा बनेका  एकीकृत नमूना वस्तीमा गरेको लगानी वालुवामा पानी बनेको छ ।

२०७२ सालको भूकम्पले वस्न अयोग्य दोलखाको वोसिम्पा र धादिङको लापाकाको नेवेर र कपुरका स्थानीयलाई स्थान्तरण गरियो । दोलखाका ५५ परिवार र धादिङका ५२ परिवारका लागि चिटिक्क परेका दुई वटा एकीकृत वस्ती बने । तर ती वस्तीमा भूकम्प पीडित थातथलो छोडेर आउन मानेका छैनन् । खेतिपाती गर्ने ठाउाको अभाव र रोजगारी नभएकै कारण नमूना वस्तिमा थातथलो छोडर आएकाहरु पूरानो आफ्नै ठाउामा फर्किन थालेपछि नमूना वस्ती सुनसान बनेका छन् । जस्का लागि बनाएको हो उनीहरुनै पुरानै थातथालेमा फर्केपछि धादिङ ज्वालामुखीको ढोलामा बनेका चिटिक्क परेका ५२ परिवारको नमूना वस्ती रित्तो छ । दोलखाको पानी पोखरीमा बनेका ५५ घरको नमूना वस्तीमा हाल ८ परिवार मात्रै बस्न थालेका छन् ।

सरकारले दोलखाको पानी पोखरीमा निर्माण गरेको एकीकृत नमूना वस्तीमा चार करोड ८० लाख खर्च गरिसकेको छ । धादिङको नमूना वस्तीमा पनि ३ करोड भन्दाबढी लगानी भइसकेको छ । नमूना वस्तीमा सडक, विद्युत, खानेपानी, वालउद्यान लगायतका पूर्वाधार बनेका छन् । नजिकै विद्यालय स्वास्थ्य चौकी समेत छ । तर रोजगारी र खेतीपातीकै लागि पनि स्थानीयले जोखिमपूर्ण भए पनि पूरानै थातथालो रोजेका छन् । अधिकांस भूकम्प पीडितले रोजगारी नहुादा वस्तीमा बस्न नसकिएको वताएका छन् । भूकम्पपछि एक वर्षभित्र कुनै वस्ती  बनेनन्, बस्ती नबनेपछि भूकम्पपीडित मध्ये केहीले आफैले जोखिमयुक्त पूरानै थातथलोमै घर निर्माण गरेकाले नमूना बस्तीमा जान नमानेका हुन् ।