दसैंका सामान झिकाइएका एक हजार कन्टेनर खासामा रोकिए

आश्विन ८, २०७८

आयातमा लगाइएको सीमाका कारण यो वर्ष पनि दसैंका सामान झिकाइएका हजारभन्दा बढी कन्टेनर तातोपानीतर्फको खासामा रोकिएका छन् । चिनियाँ पक्षले अहिले दैनिक आठदेखि १३ वटा कन्टेनरमात्र पठाउने गरेको व्यवसायीहरु बताउँछन् ।

सीमित कन्टेनरबाट हुने आयातका कारण दसैंको सामान काठमाडौं भित्र्न महिनौं लाग्ने व्यवसायीको भनाइ छ । सिजन अनुसार आयातित सामान समयमै भित्र्याउन नसक्दा बिक्री गर्न कठिन हुने व्यावासायीको गुनासो छ । चीनले कोरोना भाइरसको संक्रमणको मुख्य कारण देखाएर सीमा नाकाबाट नेपाल आयात हुने कन्टेनरको संख्या घटाउादैआएको हो । चिनियाा अधिकारीले सीमा पारि आइपुगेको सामान खटाइखटाइ पठाउदा यसको नराम्रो असर नेपाली व्यापारीलाई परेको छ । चीनले नाकाबाट मालसामान ल्याउने बाटो खोले पनि पर्याप्त सामान आयात गर्न दिएको छैन ।

कोरोना भाइरसको संक्रमण  र नेपाल तर्फको जिर्ण बाटोका कारण चीनले एकै पटक धेरै सामान पठाउन नमानेको तातोपानी भन्सार अधिकारीको बुझाइ छ । दैनिक २० देखि ३० वटा कन्टेनर सामान पठाउन चिनियाा अधिकारीलाई पत्र पठाइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चिनियाा अधिकारीले नेपाली व्यापारीको सामान सीमित संख्यामा पठाइदिादा तातोपानी भन्सारको राजस्वमा समेत कमी आएको छ । छोटो दुरीमा चीनसाग जोडिएको तातोपानी नाकाबाट प्रसस्त सामान नेपाल आउन नदिने समस्या समाधानका लागि  सरकारसाग व्यापारीले माग गरेका छन् । सल्यानमा भएका जघन्य अपराधको अनुसन्धान फितलो/ दुर्गम भेगमा प्रहरी नहुँदा असुरक्षित ।