मनकामनामा मन्दिर खुलेसँगै चहलपहल बढ्यो, महामारीले थला परेका व्यवसायीमा उत्साह

आश्विन ३, २०७८

मनकामनास्थित होटल सञ्चालक कल्पना गुरुङले विगतमा यसरी नै दर्शनाथीलाई आˆनो होटलमा आउन आग्रह गर्थिन् । उनको काम र होटेल कोरोना महामारीका कारण १४ महिना बन्द रहृयो । अहिले मन्दिर खुलेसागै व्यवसायले बल्ल लय लिन थालेको छ । लकडाउनले होटलमा काम गर्ने मजदुरहरु समेत महिनौं रोजगार बिहीन बने । ग्राहकले भरिभराउ कतिपय होटलको आगनमा लागेको लेउ बल्ल हटाउन थालिएको छ । सामान्य अवस्थामा दैनिक १२ लाखको हाराहारीमा कारोबार हुने ८९ वटा होटल रहेको मनकामनामा लकडाउनकै कारण १० जनाले व्यवसाय छाडेको गोरखा उद्योग वाणिज्य संघ मनकामना इकाइले जनाएको छ । कोरोना संक्रमण जोखिमका कारण पछिल्लो पटक २०७८ बैशाख १६ देखि बन्द रहेको मनकामना मन्दिर गत भदौ २३ गते देखि खुलेको छ । मन्दिर खुलेपछि बन्द केबलकार र अन्य व्यवसाय संचालनमा आउन आएका छन् । यसअघि कोरोनाको पहिलो लहरमा पनि २०७७ चैत ९ देखि नौ महिना बन्द भएको थियो । सडकमार्ग,केबलकार र पैदलमार्गबाट गरी वाषिर्क १७ लाखभन्दा बढी दर्शनार्थी मनकामना आउने गरेको शहीद लखन गाउापालिकाको तथ्याङ्क छ ।