सिन्धुपाल्चोकको मेलम्ची बजार पुरानै लयमा, बजार व्यवस्थित भएपछि पीडा भुल्दै स्थानीय

आश्विन ३, २०७८

मेलम्ची नगरपालिका-११ का चन्द्रबहादुर तामाङलाई मेलम्ची बजार यतिचाडै व्यवस्थित हुन्छ जस्तो लागेको थिएन । पर्यटकको चहलपहल हुने यो बजारलाई असारमा मेलम्ची नदीमा आएको बाढीले एकै रातमा छिन्नभिन्न बनाएपछि उनीसहित धेरै व्यवसायी विस्थापित भएका थिए । दैनिक लाखौको कारोबार हुने यी क्षेत्र बाढीका कारण तीन महिना यता सुनसान बनेका थिए । लगानी सबै डुबानमा परेपछि धेरैजसो मेलम्ची छोड्न बाध्य भए । स्थानीयकै सकृयतामा बजार सफा र व्यवस्थित बनेपछि व्यवसाय फेरि सुरु भएका छन् । तीन महिनापछि मेलम्ची क्षेत्रमा विस्तारै चहलपहल बढ्दै गएको छ । तीन महिनाअघि मेलम्ची र यांग्री लार्केमा आएको बाढीले  मेलम्चीलाई अस्तव्यस्त  पारेको थियो । लाखौको कारोबार हुने यी क्षेत्र बाढीका कारण सुनसान बनेका थिए । बाढीले आतंकित बनाएको यो क्षेत्र बल्ल लयमा फर्किदैछ । बजार व्यवस्थापन हुने कुरामा स्थानीय चिन्तित थिए ।  अधिकांश होटल र घर तीन तल्लासम्म बालुवाले परिएका थिए । राजधानीबाट छोटो दूरीको गन्तब्य हो, मेलम्ची बजार । बाढीले पुर्‍याएको क्षति हेर्दा पुरानै गतिमा फिर्ला भन्ने आशा कमैले गरेका थिए । बजार खुलेसागै अहिले होलसेल पसलदेखि, खुवा पसल, खाजा पसल, होटल, रेष्टुरेन्टहरुसमेतको व्यापारले गति लिएको छ । बाढीले ध्वस्त पारेका घर तथा होटलहरुको थुप्रोलाई कसरी कहााबाट पन्छाउन शुरु गर्ने भन्ने अन्यौलले नै अत्याएका बेला स्थानीयको दुई महिनाको मेहेनत र सकृयताले मेलम्चीलाई पुरानै लयमा ल्याउन सकिएको छ ।