Kantipur Samachar | कान्तिपुर समाचार, १६ श्रावण २०७८

श्रावण १६, २०७८

आजको मुख्य समाचार -

* सरकारले भएकै खोप वितरण गर्न सकेन / ४० लाख डोज भण्डारमै थुप्रियो / आज २३ संक्रमितको मृत्यु / कोरोना उच्च दरमा बढेपछि झापामा लकडाउन ।

* पार्टी एकताको प्रयास भइरहँदा एमाले अध्यक्ष ओलीले नेपाललाई दिए देशद्रोहीको संज्ञा / नेपाल भन्छन्- संविधान र लोकतन्त्र मास्नेसँग झुक्न सकिँदैन ।

* लुम्बिनीमा फेरि सत्ता फेरबलदको कसरत / सरकार अल्पमतमा परेको भन्दै विपक्षी गठबन्धनद्वारा प्रदेश प्रमुखको ध्यानाकर्षण । 

* संक्रमण तीब्र बनेपछि जापानमा संकटकाल लम्बियो / मलेसियामा प्रतिबन्धको विरोधमा प्रदर्शन / प्रधानमन्त्रीको राजीनामा माग ।

* ओलम्पिकको महिला एकसय मिटर दौडमा जमैकाको क्लिनस्वीप / २१ स्वर्णसहित चीन पदक तालिकाको शीर्ष स्थानमा / जापान दोस्रो ।