खोप केन्द्रबाटै संक्रमण फैलिने जोखिम

श्रावण १६, २०७८

दिनानुदिन संक्रमण बढीरहँदा स्वास्थ्य मापदण्ड पालनामा जोड दिनुपर्नेमा कोभिड १९ विरुद्धको खोप केन्द्रहरुको भिडले मापदण्डको खिल्ली उडाएको छ । खोप लगाउन तँछाड मछाडको स्थितिले खोप केन्द्रबाटै कोरोना फैलने जोखिम बढ्दो छ । स्थानीय तहले व्यवस्थित किसिमले खोप अभियान सञ्चालन नगर्ने हो भने खोपसंगै संक्रमणपनि घरघर पुग्ने देखिन्छ ।