Kantipur Samachar | कान्तिपुर समाचार, १५ श्रावण २०७८

श्रावण १५, २०७८

आजको मुख्य समाचार -

* कोभिडबाट आज २७ जनाको मृत्यु / २४ सयमा संक्रमण / महामारी फेरि बढ्न थालेकाले खोप अभियानलाई तिब्रता दिन सरकारलाई सांसदको ध्यानाकर्षण  ।  

* न्यायालयका बेथिति छताछुल्ल हुँदासमेत दोषी किटान र कारवाहीमा उदासीनता / एकपछि अर्को गरी अमूर्त भाषामा प्रतिवेदनका ठेली तयार । 

* सेयरको भित्री कारोबार प्रकरणमा अर्थ मन्त्रालयको पत्र नै विवादित / आरोपित व्यक्तिलाई नसोधी संस्थासँग स्पष्टीकरण ।

* चीनमा फेरि देखियो कोरोना भाइरसको प्रकोप / नानजिङ सहरबाट सुरु भएको संक्रमण राजधानी बेइजिङसहित पाँच प्रान्तमा फैलियो ।  

* अखिल नेपाल फुटबल संघले उपाध्यक्ष नेम्बाङ र मुख्य प्रशिक्षक अल्मुइतारीको विवाद छानविन गर्ने / दक्षिण एसियाली फुटबल प्रतियोगिता गर्न १० करोड रुपैयाँ बजेट माग ।