Kantipur Samachar | कान्तिपुर समाचार, १४ श्रावण २०७८

श्रावण १४, २०७८

आजको मुख्य समाचार -

* अदालतमा मुद्दा हेर्ने न्यायाधीश तोक्दा नै चलखेल हुने गरेको अध्ययनको निष्कर्ष / स्वचालित प्रणालीमा पेसी तोक्न र न्यायाधीश नियुक्तिमा पारदर्शिता अपनाउन सुझाव । 

* गठबन्धन घटकबीच भागबण्डा नमिल्दा प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल बिस्तार गर्न सकेनन् / मन्त्रीका आकांक्षी धेरै हुँदा दलभित्र पनि सकस । 

* उखु किसानको २९ करोड भुक्तानी दिन चिनी उद्योगीको अटेरी / सम्झौता कार्यान्वयनमा सरकारको बेवास्ता / संघर्षका लागि पीडित किसान फेरि काठमाडौँमा ।

* अमेरिकी र नेटो सेना बाहिरिँदै गर्दा अफगानिस्तान मामिलामा चीनको प्रवेश / तालिबान नेतालाई भेट्नु सकारात्मक रहेको अमेरिकी विदेशमन्त्रीको प्रतिक्रिया । 

* खेल क्षेत्रको नेतृत्व तहमा राजनीतिक स्वार्थ हावी / दलका नेता र कार्यकर्ताको हालीमुहालीले नतिजा भने शून्य ।