Kantipur Samachar | कान्तिपुर समाचार, १३ श्रावण २०७८

श्रावण १३, २०७८

आजको मुख्य समाचार -

* कोरोनाका कारण आज ३३ जनाको ज्यान गयो / संक्रमण दर २४ प्रतिशतभन्दा माथि / स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको चेतावनी दिइरहँदा धमाधम भौतिक उपस्थितिमै जाँच लिने होडबाजी ।

* कांग्रेसमा क्रियाशील सदस्यता विवाद फेरि छानविन समितिमै फर्काइयो / प्रतिवेदन सच्याउन भोलिसम्मको म्याद / भदौमा महाधिवेशन हुन कठिन । 

* ब्याजदरमा हुने उतारचढाव रोक्न राष्ट्र बैंकले लागू गरेको औजार निष्प्रभावी / मौद्रिक नीतिविपरीत अन्तरबैंक ब्याजदर सीमाभन्दा तल झर्यो / निक्षेपकर्ताले पाउने ब्याज घट्ने संकेत ।

* एसिया–प्रशान्त क्षेत्रमा शान्ति र सम्पन्नता कायम गर्ने अमेरिका र भारतको प्रतिबद्धता / नयाँ दिल्ली आइपुगेका अमेरिकी विदेशमन्त्री ब्लिकंनद्वारा अफगानिस्तानको स्थिरतामा जोड ।

* टोकियो ओलम्पिकमा १३ स्वर्णसहित पदक तालिकमा जापानको अग्रता कायमै / पौडीको लङ कोर्समा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान ।