Kantipur Samachar | कान्तिपुर समाचार, १२ श्रावण २०७८

श्रावण १२, २०७८

आजको मुख्य समाचार -

* ओली सरकारले नियुक्त गरेका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख हटाइए / नयाँ प्रमुखमा शेरचन र गुरुङ सिफारिस/ योजना आयोगको उपाध्यक्षमा पौडेल । 

* कांग्रेसमा ८ लाख ५२ हजारलाई क्रियाशील सदस्यता दिन छानबिन समितिको सिफारिस / महाधिवेशनको नयाँ कार्यतालिका ल्याउन अझै अलमल ।

* कोरोना संक्रमित उच्च दरमा वृद्धि / आज २७ सयमा संक्रमण पुष्टि  / २० जनाको मृत्यु / डेल्टा भेरियन्ट थप नयाँ स्वरुपमा देखियो ।

* यही वर्षभित्र इराकबाट अमेरिकी सैन्य मिसन अन्त्य गर्न दुई देश सहमत / तालिम र परामर्शदातृ भूमिका भने कायमै रहने ।

* टोकियो ओलम्पिकमा नेपाली पौडी खेलाडी एलेक्स शाहद्वारा आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार / पदक तालिकामा १० स्वर्णसहित जापानको अग्रता कायमै ।