Kantipur Samachar | कान्तिपुर समाचार, ०८ श्रावण २०७८

श्रावण ८, २०७८

आजको मुख्य समाचार -

* बत्तीसौँ ग्रीष्मकालीन ओलम्पिक टोकियोमा सुरु / २ सय ४ देशका साढे ११ हजार खेलाडी सहभागी / आर्थिक भार सहेर पनि विश्वसामु समृद्धि देखाउने जापानको प्रयास ।

* संक्रमण बढ्दै गए पनि भोलिबाट लामो दूरीका सार्वजनिक सवारी चलाउन सरकारको अनुमति / कोरोनाले आज १८ जनाको मृत्यु / दुई हजार बिरामी थपिए । 

* सर्वोच्च अदालतमाथि एमालेको बारम्बार कटाक्ष / फैसलाले बहुदलीय व्यवस्था कमजोर भएको उपनेता नेम्बाङको टिप्पणी / प्रधानमन्त्री देउवा भन्छन्- संविधानसभाका अध्यक्ष अहिले कसरी फेरिए ? 

* राष्ट्रिय प्रसारण लाइन नहुँदा कर्णालीको दुई तिहाइ जनसंख्या बिजुलीबाट वञ्चित / राजधानी सुर्खेतकै आधा हिस्सा अँध्यारोमा ।

* चिनियाँ राष्ट्रप्रमुख पहिलोपटक स्वशासित क्षेत्र तिब्बतमा / बुलेट रेलमा घुमेर बेइजिङ फर्किए सी चिनफिङ ।