Kantipur Samachar | कान्तिपुर समाचार, ०६ श्रावण २०७८

श्रावण ६, २०७८

आजको मुख्य समाचार -

* देउवालाई समर्थन गर्ने २२ सांसदलाई एमालेले थमायो स्पष्टीकरणको पत्र / नेपाल खेमा भन्छ- एकता प्रक्रियामा भाँजो ।  

* लामो रुटका यातायातको भाडावृद्धिलाई देखाएर छोटो दूरीमा समेत मनपरि असुली / व्यवसायीले ३५ प्रतिशतसम्म भाडा बढाए / कारवाही गरे यातायात नै बन्द गर्ने धम्की । 

* नियमित अन्तर्राष्ट्रिय उडान घटाएर निजी हवाइ सेवा प्रदायकलाई पोस्ने गरी चार्टर गर्न दिएको तथ्य फेला / कुल उडान अनुमतिमध्ये झण्डै आधा हिस्सा हिमालय एयरलाइन्सलाई ।

* जासुसी सफ्टवेयर पेगासस प्रकरणले भारतमा तरंग / सर्वोच्चका न्यायाधीशको नेतृत्वमा छानविन हुनुपर्ने विपक्षी कांग्रेसको माग / भारतीय लोकतन्त्र डरलाग्दो अवस्थाबाट गुज्रिरहेको टिप्पणी । 

* महामारी र विरोधकाबीच टोकियो ओलम्पिकमा महिला फुटबल र सफ्टबल आजबाट सुरु / सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने ।