वैदेशिक रोजगारीमा नेपाली श्रमिकको माग ५८ प्रतिशतले घट्यो

असार ८, २०७८

गत आर्थिक वर्ष विदेशबाट ३ लाख २८ हजार श्रमिकको माग आएको थियो । त्यसमा वैदेशिक रोजगार विभागको स्वीकृति चाहिन्छ । विभागमा यो वर्ष १ लाख ३६ हजार श्रमिकको मात्र माग आएको छ । रोजगारदाताले पेश गरेका मागपत्र गन्तव्य मुलुकका दूतावासले प्रमाणीकरण गरि विभागमा पठाउने गरेका छन् । यसपालि ४५ प्रतिशत माग कतारबाट आएको छ । त्यहााबाट साढे ६१ हजार श्रमिकको माग आए पनि छनोट प्रक्रिया सुस्त रहेकाले मागअनुसार श्रमिक जान पाएका छैनन् । निषेधाज्ञाले करिब दुई महिनादेखि श्रमिक छनोटमै समस्या छ भने अर्कातिर कतारमा सातामा दुईभन्दा बढी नियमित उडान हुन सकेको छैन । कतारमा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमले पनि श्रमिक जान हच्किएका छन् । यस्तै साउदी अरेबियाबाट साढे २८ हजार माग आएको छ । तर त्यहाा नियमित उडान नभएकाले करिब दुई महिनादेखि श्रमिक जान पाएका छैनन् । नियमित उडान वैशाख २३ देखि बन्द रहेकाले संयुक्त अरब इमिरेट्सको रोजगारी नेपालीका लागि ठप्पजस्तै छ । यो वर्ष त्यहााबाट २७ हजार श्रमिकको माग आएको छ । तर अहिले उसले आप्रवासी श्रमिक नै लिएको छैन । साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा असार ८ देखि सीमित संख्यामा नियमित उडान गर्ने भनिएकाले वैदेशिक रोजगारी केही सहज हुने अपेक्षा गरिएको छ । 

नेपाली युवाको मुख्य रोजगार गन्तव्य मलेसियाबाट नयाा माग नै आएको छैन । खाडीका देशहरुले पनि निश्चित सर्तसहित रोजगारी खुला गरेका छन् । बहराइन, रोमानिया, ओमान, जोर्डन र साइप्रस बढी श्रमिकको माग आउने १० मुलुकको सूचीमा छन् । व्यवसायीले निषेधाज्ञाका साथै नियमित उडान नभएकाले रोजगारी थप प्रभावित भएको बताएका छन् ।  विभागबाट यो वर्ष संस्थागत, व्यक्तिगत, नयाा पुराना सबै गरी १ लाख ४८ हजारले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएकामध्ये रोजगारीमा कति गए र कति जान बााकी छन् भन्ने विवरण भने सरकारी नियकायसाग छैन ।