Kantipur Samachar | कान्तिपुर समाचार, ०७ असार २०७८

असार ७, २०७८

आजको मुख्य समाचार -

* नेपाललाई सर्वाधिक सताएको डेल्टा प्रजातिको भाइरस नयाँ स्वरुपमा देखिन थाल्यो / सबै उमेर समूहलाई खतरा रहको स्वास्थ्य मन्त्रालयको भनाइ / आज ४६ संक्रमितको मृत्यु ।

* राष्ट्रपति भण्डारी समानान्तर शक्ति अभ्यासमा / विभागीय मन्त्रीलाई पालैपालो शीतलनिवास बोलाएर छलफल । 

* शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस पाँच महिनादेखि मन्त्रालयमै अड्काइयो / १५ हजार शिक्षकको विज्ञापन नै हुन सकेन / नियमित बढुवा पनि प्रभावित । 

* चीनमा एक अर्बभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप / भारतमा भने पहिलो मात्रा पाउने नै २८ करोड मात्र । 

* युरोकपअन्तर्गत आज राति समूह बी र सीका अन्मित दुई खेल हुँदै / नकआउट चरण प्रवेशका लागि रुस र अष्ट्रियालाई जित्नै पर्ने दबाब ।