नेपाल लगायत विश्वका दश देशमा नयाँ प्रजातिको कोरोना भाइरस : सह-प्रवक्ता, स्वास्थ्य मन्त्रालय

असार ७, २०७८

कोरोना भाइरसको डेल्टा प्रजाति नयाँ स्वरुपमा देखिएको छ । नेपालका ४८ नमुनाको परीक्षण गर्दा नौ जनामा डेल्टा प्रजाति नयाँ स्वरुपमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डेल्टा पहिलोपटक भारतमा पहिचान गरिएको प्रजाति हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ गते नमुना छनोट गरेर विश्व स्वास्थ्य संगठनको समन्वयमा परीक्षणका लागि भारत पठाएको थियो । संकलित नमुनामध्ये एउटामा अल्फा भेरियन्ट देखिएको थियो ।