Kantipur Samachar | कान्तिपुर समाचार, ०६ असार २०७८

असार ६, २०७८

आजको मुख्य समाचार -

* काठमाडौं उपत्यकामा खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप / निजी सवारीमा जोर-बिजोर प्रणाली / कोभिडविरुद्ध खोप व्यवस्थापन गर्न नसक्दा ५४ दिनमा ३ खर्बको क्षति । 

* संवैधानिक परिषद्बारेको अध्यादेश सम्बन्धी रिट ६ महिनादेखि जहाँको त्यहीँ / सुनुवाई तत्काल सुरु गर्न प्रधानन्यायाधीशलाई निवेदकको पत्र ।  

      

* कांग्रेस सभापतिमा ८ जना आकांक्षी / संस्थापन इतरका ६ जना / देउवा पक्षमै  साझा उम्मेद्वार तय गर्न सकस । 

* महामारीमा पनि लक्ष्यको हाराहारी राजस्व संकलन / करदातालाई छुट र राहतमा भने बेवास्ता ।  

   

* युरोकपमा समूह ए को निर्णायक खेल आज / इटाली समूह विजेता बन्ने लक्ष्यमा / वेल्स र स्विटजरल्यान्डलाई जित्नैपर्ने बाध्यता ।