पूर्वी पहाडमा विद्युत प्रसारणमा गडबडी

असार ६, २०७८

अनियमित बिद्यूत् भोल्टेजका कारण १ नम्बर प्रदेशका पहाडी जिल्लामा करेन्ट लाग्ने, बिद्यूतीय सामाग्री बिग्रने र करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढेको छ । वर्षात् र हावाहुरीको समयमा बिजुलीको पोलमा तार चुडिएर भुईमा छोएपछि करेन्ट अनियन्त्रित हुने गरेको छ ।

संखुवासभाको धर्मदेबी नगरपालिका फाक्सीमा गत फागुन २८ मा करेन्ट लागेर सात वषर्ीय बालक सीताराम बस्नेतले ज्यान गुमाए । ११ हजार केभी बिद्यूत् प्रवाह भइरहेको पोलमा ती बालकलाई करेन्ट लागेको थियो । त्यस्तै, मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर धनकुटाको महालक्ष्मी नगरपालिकाको चानुवा बैशाख ४ मा चन्द्रबहादुर कार्कर्ीले ज्यान गुमाए । यही गाउाका अन्य नौ जना करेन्ट लागेर घाइते पनि भए । त्यस्तै, भोजपुरको षडानन्द नगरपालिका सापामा पनि गएको चैत २६ मा मोवाईल चार्ज गर्दा करेन्ट लागेर ५६ वषर्ीया शर्मिला तामाङले दुबै हात गुमाईन् । यी प्रतिनिधि घटनाले नै अनियमित बिद्यूत् प्रवाहका कारण प्रदेश १ मा भइरहेको क्षतिको अवस्थालाई दर्शाउाछ । 

वषर्ात्को समयमा ११ हजार र ३३ हजार केभीको केन्द्रीय प्रशारण लाईन हावाहुरीले जंगलको बीचमा चुडिने र भुईमा छोएपछि करेन्ट अनियन्त्रित हुदाा हाई भोल्टेज आउने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पहाडी जिल्लामा लामो दुरीमा सव-स्टेशन हुने भएकाले पनि यो समस्या बारम्बार आइरहेको प्राधिकरणको भनाइ छ । 

हाई भोल्टेज या टान्सर्फमरमा भएको गडबढीले करेन्ट लागेर ज्यान गुमाएकाको परिवारलाई प्राधिकरणले ५ लाख रुपैयाा क्षतिपुर्ति उपलव्ध गराउाछ । हाई भोल्टेज आउन नदिन मक्किएका काठका पोल फेर्न स्थानीयले सुझाब दिएका छन् । बेलाबेलामा केन्द्रीय प्रशारण लाईन मर्मत गरी यो समस्या आउन नदिन र स्थायी समाधान खोज्न स्थानीयले आग्रह समेत गरेका छन् ।