कर्णाली प्रदेशमा लागुऔषध कारोबारीको बिगबिगी

असार ६, २०७८

कणर्ाली प्रदेशको राजधानी सुर्खेतमा ब्राउन सुगरको कारोवार बढ्दो छ । लागुऔषधका कारोवारीले निषेधआज्ञाको समयलाई प्रयोग गरी ब्राउन सुगरसहितका लागुऔषधको कारोवार बढाएका छन् ।

सुर्खेतको स्थानिय प्रशासनले कोरोना तिव्ररुपमा फैलिएको भन्दै निषेधाज्ञका वेला जेठ २२ गते प्रहरीले वीरेन्द्रनगरको एक होटल सन्चालकको सलमा तीन पुरिया ब्राउन सुगर भेटायो । सोहि होटलको खानतलासी गर्दा सिलिङ पंखाभित्र लुकाइछिपाइ राखिएको ७८ पुरियासहित चार जनालाई नियन्त्रणमा लिएको छ । यसैगरि जेठ २४ गते वीरेन्द्रनगर ५ चिसापानीको सडकमा संकास्पद तरिकाले हिडेका एक युवकको शरिर खानतलास गर्दा दुई पुरिया ब्राउन सुगरसहित पक्राउ गरेको छ । जेठ २७ गते दुई पुरिया ब्राउन सुगरसहित चार जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । सुर्खेतमा लागुऔषधका कारोवारीेले प्रयोगकर्तालाई लागुऔषधको ओसारपसारमा बढि प्रयोग गर्ने गरेका छन् । उनीहरुले पंखा भित्रसमेत लुकाउने गरेको प्रहरीले भेटेको छ । 

यस अघिसम्म सुर्खेतमा लागुऔषधका कारोवारीले शरिर र सवारीसाधनमा लुकाएर प्रयोगकर्तासम्म पुर्याउने गरेका थिए भने अहिले घरको सिलिङ पंखामा लुकाएर कारोवार गर्न थालेका छन् । निषेधाज्ञ जारी भएकाले सावारीसाधन नचल्ने हुादा लागुऔषधका कारोवारी आफैले ल्याउने गरेका छन् भने यो समयमा प्रहरीको निगरानी पनि बढि हुने भएकाले पक्राउ पर्ने गरेका  छन् ।  

कणर्ालीबाट गााजा र अफिम भारतका बजारमा पुर्याउने र त्यताबाट ब्राउनसुगर ल्याउने गरेको पाइन्छ । प्रहरीको तीन महिनाको तथ्याङक हेर्नेहो भने ब्राउनसुगर पक्राउ गरेका देखिन्छ । पछिल्लो समय कणर्ालीमा ब्राउनसुगरको कारोवार बढेको देखिन्छ । लागुऔधषको कारोवारलाइ नियन्त्रण गर्न नसके पछिल्लो युवा पिढिलाइ जोगाउन निकै ठुलो चुनौती हुनेछ । निषेधाज्ञको समयमा प्रहरीले लागुऔषध कारोवारीलाइ जसरी निगरानी गरेको छ त्यसैगरि अन्यसमयमा पनि निगरानी गरे कणर्ाली प्रदेशमा लागुऔषधको कारोवार नियन्त्रण हुनसक्छ ।