चुरे क्षेत्रमा कानुनविपरीत उत्खननको भयावह चित्र

असार ६, २०७८

प्रदेश दुईको दक्षिण सीमानामा रहेको तराई मधेशको उब्जाउ भूमिसँग उत्तरी सीमा चुरेको प्रत्यक्ष सम्बन्ध गाँसिएको छ । केही सीमित व्यक्तिलाई फाईदा पुग्ने गरी चुरेको माथिल्लो र तल्लो तटमा गरिने प्राकृतिक सम्पदाको दोहन भइरहँदा तीनै तहका सरकार गम्भीर छैनन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिका क्षेत्रको खोला, सार्वजनिक जग्गा, बनको जग्गा र राजमार्ग किनारमा चुरेेको नाागो डााडा जस्तै देखिने गिटी, ढुगाा, बालुवाका यस्ता सेता पहाडहरु टाढैबाट जताततै देखिन्छन । यी पहाडको सम्बन्ध बाराका खोलामा ठेकेदारले हात्ति नै डुब्ने गरी जथाभावी खनेको यस्ता खाल्डासाग छ । स्थानीय तह र ठेकेदारको मिलेमतोमा भइरहेको यि कार्य नदिजन्य पदार्थको उत्खननका लागि सरकारले तोकेको मापदण्ड बिपरित छन् । तर, मापदण्ड बिपरित भइरहेको यो कार्यप्रति न त खोलाको ठेक्का लगाउने स्थानीय तह जिम्मेवार देखिन्छ, न त यसको अनुगमन र नियमन गर्ने निकाय नै ।    

सवारी आवागमनको चाप हुने पूर्वपश्चिम महेन्द्र रागमार्गमा पर्ने बाराको यो दुधौरा खोला भासिएर क्षतबिक्षत अवस्थामा छ । पुल भासिएर आवागमनमा असर परेपछि यसको निर्माणमा सरकारले ठूलो लगानी गरिरहेको छ । पुल भाासिनु र यसको पुनः निर्माणमा सरकारले करौडौा रुपैया लगानी गर्ने अवस्था आउनुको कारण खोलाको अत्यधिक दोहन हो । 

प्राकृतिक श्रोतसाधनको उपयोग बाताबरण्ीाय सन्तुलन कायम राखेर गरिनुपर्ने हो । तर, स्थानीय सरकारहरुले राजस्वको नाममा खोलानाला ठेक्का लगाउने तर मापदण्ड पालना नगराउने प्रबृति हाबी भएपछि पछिल्लो समय खोलाको दोहन तिब्र बनेको छ । कतिपय अवस्थामा त स्थानीय तहका पदाधिकारीहरु नै खोलाको ठेक्कामा छााया ठेकेदारको भुमिका रहेर आफैले खोला दोहन गरिरहेको पाईएको छ । स्थानीय तह र ठेकेदारको मिलेमतोमा भइरहेको खोलाको दोहनमा स्थानीय प्रशासनको निरिहताले पनि खोलामा मनपरी बढेको हो ।  

मापदण्ड बिपरित खोलामा भइरहेको जथाभावी दोहनले चुरेको क्षयिकरण मात्रै भएको छैन । चुरेबाट बग्ने पानीको बहाव तिब्र बनेर खोलाको माथिल्लो तटको गिट्टी, बालुवा बगाएर तल पुर्‍याउादा यसले हजारौा बिघा बनको जग्गा र किसानको जग्गा कटान गरी बगर बनाउनुका साथै सार्वजनिक भौतिक सम्पतिको समेत नाश गरिरहेको छ ।