Kantipur Samachar | कान्तिपुर समाचार, ०५ असार २०७८

असार ५, २०७८

आजको मुख्य समाचार -

* विभागीय मन्त्री र सुरक्षा प्रमुखहरुलाई शीतलनिवासमा बोलाएर ब्रिफिङ लिएपछि राष्ट्रपतिको भूमिका थप विवादमा / कार्यकारी शैलीमा सक्रिय बन्न खोजेको आरोप । 

*  मनसुन सुरु भएको पाँच दिनमै १७ जनाको मृत्यु / २४ जना बेपत्ता / देशभरका नदीमा पानीको बहाव उच्च / तटीय क्षेत्रमा सतर्कता अपनाउन सरकारको आग्रह । 

* कोभिडका कारण आज ३४ जनाको मृत्यु / काठमाडौँमा संक्रमित संख्यामा उल्लेख्य गिरावट / संक्रमणमुक्त भएपछिका स्वास्थ्य समस्याले अस्पतालमा चाप ।

* अन्तरिक्षमा अमेरिकी वर्चस्व तोड्न चीनको आक्रामक सक्रियता / वर्षमा १० अर्ब डलर लगानी । 

 

* युरोकपमा फ्रान्स र हंगेरीबीचको खेल जारी / आजै साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने / स्पेनको प्रतिस्पर्धा पोल्यान्डसँग ।