Kantipur Samachar | कान्तिपुर समाचार, ०४ असार २०७८

असार ४, २०७८

आजको मुख्य समाचार -

* मेलम्ची र हेलम्बुका विस्थापितको व्यवस्थापन कठिन / विद्यालय र ब्यारेकमा आश्रय / बाढीको कारणबारे स्थलगत अध्ययन पनि थालिएन ।

* कोभिडबाट आज ४४ जनाको मृत्यु / संक्रमण दर अझै २६ प्रतिशत / १४ लाख ज्येष्ठ नागरिकका लागि १४ हप्ता बित्दा पनि दोस्रो खोप अनिश्चित ।

* ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश / योजना ल्याउनुको कारणबारे लिखित जवाफ माग । 

* कोरोना महामारीका बेला विश्वमा एक करोड दश लाख मानिस घरवारविहीन भएको तथ्यांक / विस्थापित हुनेको संख्या आठ करोड बीस लाख नाघ्यो ।

* युरोकपमा स्वीडेन र स्लोभाकियाबीचको खेल जारी / आजै क्रोयसियाले चेक रिपब्लिक तथा इग्ल्याण्डले स्कटल्याण्डको सामना गर्ने  ।