प्रदेश दुईमा निषेधाज्ञाकैबीच स्वास्थ्य सुरक्षाको बेवास्ता 

जेष्ठ ३०, २०७८

दोस्रो चरणको कोरोना संक्रमण फैलिन नदिन सरकारले वैशाखदेखि निषेधआज्ञा जारी गरे पनि प्रदेश दुईमा कुनै पालना गरेको पाइदैन । सुरक्षा सतर्कतालाई कुनै ख्यालै नगरी बैंकहरुमा घण्टौ लामबद्ध भएर सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाहरुको भीड बढेको । स्वास्थ्य सुरक्षा नपनाउँदा प्रदेश-२ का आठै जिल्लामा कोरोना संक्रमणको जोखिम बढाएको छ ।

संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञाको अवधि धनुषामा छैटााै पटक थपिएको छ । वैशाख २१ गतेदेखि धनुषामा निषेधाज्ञा जारी रहे पनि त्यसको बेवास्ता गर्दै बैंकहरुमा जेष्ठ नागरिकको भीड देखिएको छ । सामाजिक सरक्षाभत्ता लिन बैंकहरुमा स्वास्थ्य सावधानी नै नअपनाई भिडभाड हुने गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन कम्तिमा दुई मिटर भौतिक दुरी कायम राख्न र अति आवश्यक कामबाहेक जथाभावी घरबाहिर ननिस्कन सरकारी अपिलको पनि बेवास्ता गरिएको छ । शहरदेखि ग्रामीण क्षेत्रमा पनि घरबाहिर मानिसको भीडभाड घटेको छैन । यसले संक्रमण्को थप जोखिम बढाएको हो । 

सावुनपानीले हात धुनु कता हो कता भौतिक दूरीको कुनै पालना नगरेका यहााका अधिकांश स्थानीयले मास्क र स्यानिटाइजर प्रयोग गर्दैनन् । स्थानीय प्रशासन र बैंकहरुको बेवास्ताले भीड बढेको हो ।  

संक्रमित एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सजिलैसाग सर्ने भएकाले भीडभाड हुने यस्ता स्थानहरुमा स्वास्थ्य सावधानीका मापदण्डहरुलाई पूर्णतः पालना गराउन जरुरी देखिएको छ ।