Kantipur Samachar | कान्तिपुर समाचार, २८ जेठ २०७८

जेष्ठ २८, २०७८

आजको मुख्य समाचार -

* प्रधानमन्त्री ओलीका कदममा न्यायालयबाट एकपछि अर्को अंकुश / राजनीतिक मोर्चामा पनि कमजोर / गण्डकीमा सरकार बनाउन विपक्षी गठबन्धनको दावी ।

* कोरोना संक्रमणबाट आज ६७ को मृत्यु / २७ सय नयाँ बिरामी थपिए / दुई सातादेखि संक्रमण दर ३० प्रतिशतकै हाराहारी ।

* सेयर बजारको उछाल शंकाको घेरामा / लाभांश दिन नसकेका र सुशासनमा कमजोर कम्पनीको सेयर मूल्यमा अस्वाभाविक वृद्धि । 

* कोरोनाविरुद्धको खोप र जलवायु परिवर्तन जी-सेभन शिखर सम्मेलनको मुख्य मुद्दा / गरिब मुलुकलाई एक अर्ब खोप दिनुपर्ने अध्यक्ष राष्ट्र बेलायतको प्रस्ताव ।  

* विश्वकप फुटबल छनोटमा नेपालको प्रतिस्पर्धा अस्ट्रेलियासँग / युरोकपको उद्घाटन खेलमा इटाली र टर्की भिड्ने ।