कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहने सफाइ कर्मचारी पीडामा

जेष्ठ १, २०७८

कोरोना भाइरस संक्रमणकाबीच संक्रमितको वार्डमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी र सफाइकर्मी सबैभन्दा बढी जोखिममा हुन्छन् । ज्यान जोखिममा राखेर संक्रमितसँग अत्यधिक सम्पर्कमा रही दिनरात सेवा गर्नेका लागि सरकारले उपलब्ध गराउँने भनेको प्रोत्साहन भत्ताको त के कुरा  सरकारले सामान्य सुविधासमेत उपलब्ध गराएको छैन । विरामीका लागि दिनरात नभनी २४ घण्टा खटिने ती स्वास्थ्यकर्मी र कर्मचारीको पीडा भने कसैले बुझ्दैन ।

दोश्रो चरणको कोरोना भाईरसको साक्रमण बढेसागै वीरगन्जस्थित नारायणी अस्पतालको कोभिड वार्डमा अहिलेसम्म दुई सय ७० जना बिरामी भर्ना भएकोमा एक सय ७० जना उपचार पछि घर फर्किसकेका छन् भने बाकि उपचारको क्रममा छन । भर्ना भएकामध्ये केहीको ज्यान पनि गैसकेको छ । अस्पतालको अवस्था हेर्दा नै भयावह देखिन्छ । यस्तो भयावह अवस्थाकाबीच ज्यान जोखिममा पारेर भएपनि अस्पतालमा खटिने कार्यालय सहयोगी स्तरका कर्मचारी र सफाईकर्मीहरु बिरामीसँग लामो र प्रत्यक्ष सम्पर्कमा हुन्छन् । 

बिरामीलाई आवश्यक अक्सिजन सिलिण्डर ओसार्नेदेखि लिएर बिरामीलाई चाहिने आवश्यक सेवा दिन र वार्डको नियमित सफाईमा उनीहरु अहोरात्र लागिपरेका हुन्छन । कोभिड वार्ड अस्पतालको सबभन्दा जोखिमको वार्ड मानिन्छ । सुरक्षामा हुने थोरै लापरवाहीले पनि आफै साक्रमित भई ज्यान जाने खतरा उत्तिकै हुन्छ । तर पनि आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्र सेवा दिने यस्ता कर्मचारीहरु आफै पिडामा छन् । 

भर्खरै भर्ना भएका आफु सरहका कर्मचारीहरु १५ देखि २० हजार रुपैयाा तलब पाए पनि दशौ बर्षदेखि काम गर्दैआएकासाग अस्पातलले अन्याय गरेको उनीहरु बताउाछन । मासिक पााचदेखि सात हजार रुपैयाामा काम गर्दैआएको बताउने यिनीहरुले अस्पतालले तलब बृद्धि गर्नु त कता हो कोरोनाको यस घडिमा जोखिम भत्ता समेत नदिएको उनीहरुको गुनासो छ । 

कोभिडको यस्तो साकटको घडिमा सबै त्रसित छन् । तर यिनीहरु साक्रमित बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेर सेवा दिईरहेका छन । तर अरुको ज्यान जोगाउने काममा आफ्नो ज्यान जोखिममा राखेका यस्ता कर्मचारीप्रति सरकारी रवैया राम्रो नहुँदा यिनीहरुको मनोबल खस्केको छ ।