मानवीयताको झल्को दिने माधवी संक्रमितलाई प्लाज्मा खोज्नै व्यस्त

जेष्ठ १, २०७८

दुःखमा  होस् वा कुनै विपत्तिमा । यस्तो बेला साथ दिने मानिस कमै हुन्छन् । यस्तै थोरै जना मध्येकी हुन्- नेपालगन्जकी शिक्षिका माधवी शाह । उनी कोरोनासँग जुधिरहेका संक्रमितका लागि प्लाज्मा खोज्ने कार्यमा दिनरात खटिएकी छिन् ।

जस्तो सुकै कठिनाई भोग्न किन नपरोस । नेपालगन्ज कोरियनपुरकी माधवी शाह अनेकौ चुनौति चिर्दै कोरोना भाइरस संक्रमितको प्राण रक्षार्थ प्लाज्मा खोज्न दौडधुप गर्छिन । शाह प्लाज्मा चाहिएको बिरामीका लागि कोरोना संक्रमण जितेका व्यक्तिको खोजी गर्छिन् । प्लाज्मा चाहिएर सम्पर्कमा आउनेका लागि निको भइसकेका व्यक्ति खोज्दै प्लाजामा दानका लागि तयार पार्छिन् । 

माधवीसंग कोरोना भाइरस बिजेताको नाम नम्बर सहितको सूची छ । त्यसैका आधारमा संक्रमण मुक्त भएका दातालाई  अस्पताल छेउकै यो नेपाल रेडक्रसको रक्तदान केन्द्र ल्याउन पहल गर्छिन् । यो केन्द्रमा यसरी दान गरेको प्लाज्मा  आवश्यकता अनुसार बााके, बर्दिया र दाङ लगायतका जिल्लाका सक्रमितलाई पनि  पठाइन्छ । कोरोना भाइरस बिजेताहरु पनि प्लाज्मा दान गरेर ज्यान जोखिमा परेका सक्रमितलाई  सहयोग गर्न पाउादा खुसी महसुस गर्छन् । 

पहिलो लहरको संक्रमणपछि बााकेमा अहिलेसम्म एक सय १४ जना संक्रमितमा प्लाज्ममा चढाइएको छ । दोस्रो लहरपछि २४ जनालाई माधवीकै सहयोगमा प्लाज्मा उपलब्ध गराइएको रेडक्रसले जनाएको छ । कोरोना भाइरस बिरुद्ध लड्न सक्ने रोगप्रतिरोधक क्षमता बढाउने हुदा माधवीले प्लाज्मा खोजेर नै मानवीय सहयोग गर्ने बाटो रोजेकी हुन् । आइपर्ने हरेक संकटका बेला  माधवीको जस्तै सहयोगी भावना  सबैमा  जागृत हुने हो भने समाजमा मानवीयताको अभाव खट्किने थिएन ।