सुदूरपश्चिममा निशेधाज्ञा नै निष्प्रभावी, लापरवाहीले संक्रमण थेगिनसक्नु

जेष्ठ १, २०७८

मुलुकभर कोरोना भाइरसको संक्रमण दिनहु बढ्दै गएको  छ । संक्रमण रोकथमका लागि भन्दै सबैजसो जिल्लामा  निशेधाज्ञा जारी पनि गरिएको छ । तर, भयावह बन्दै गएको दोस्रो लहरको कोरोना भाइरसको साङ्लो तोड्न गरिएको एक मात्र उपाय निशेधाज्ञा निष्प्रभावि बन्दा संक्रमण बढ्दै गएको छ, भने मानवीय क्षती थपिदै गएको छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिनबाट रोक्न भन्दै सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि निशेधाज्ञा जारी गरिएको थियो । संक्रमण रोक्न लगाइएको निशेधाज्ञा फितलो हुदाा कोभिडको संक्रमण दरमा कमी आएको छैन । अस्पताल संक्रमितले भरिएका छन्, अक्सिजनको हाहाकार छ । निशेधाज्ञा प्रभावकारी नहुादा संक्रमण दर झनै बढ्दै गएको छ भने मानवीय क्षती थपिदै गएको छ । लापरवाहीका कारण अवस्था भयावह बनेको चिकित्सकको भनाई छ । 

महामारीका कारण रोजगारीका लागि भारतका बिभिन्न शहर पुगेका नेपाली स्वदेश फर्किने क्रम रोकिएको छैन । पूर्वको झापादेखि पश्चिम महाकाली लगायतका सीमा नाकाबाट स्वदेश आउने क्रम अहिले पनि उस्तै छ । स्वास्थ्य परीक्षण बिना उनीहरुलाई सम्वन्धित जिल्ला पठाईदै छ । जसका कारण कोरोनाको दास्रो लहरको साङ्लो तोड्न जारी गरिएको निशेधाज्ञाको प्रभाव देखिएको छैन । 

सरकारले नाकामा होल्डिङ सेन्टर समेत बनाएको छैन । बनाएका पनि काम चलाउ र देखाउनलाई मात्रै छन । नाकामा स्वास्थ्य परीक्षणमा बेवास्था उस्तै छ । अर्कातिर निशेधाज्ञा कार्यान्वयन पक्ष फितलो हुदाा पुरै स्वस्थ्य प्रणाली संकटमा परेको छ । दिनहाु अकालमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा सरकारी प्रयास प्राय शुन्य छ । यही कारण नागरिक आफैले स्वास्थ्य सावधानी अपनाउनुको बिकल्प छैन ।