Kantipur Samachar | कान्तिपुर समाचार, २० बैशाख २०७८

वैशाख २०, २०७८

आजको मुख्य समाचार -

* कोरोना संक्रमणमा दिनदिनै नयाँ रेकर्ड / आज ७३ सय ८८ बिरामी थपिए / ३७ जनाको मृत्यु / प्रधानमन्त्री भन्छन्- नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व । 

* सुदूरपश्चिम र कर्णालीमा अक्सिजन अभावमा मानवीय क्षति बढ्यो / तत्काल आपूर्ति नबढाए सयौँ बिरामीको ज्यान जोखिममा पर्ने चिकित्सकको भनाइ ।

* महामारीका बीच २२ वटा बैंकले बढाए नाफा / राष्ट्र बैंकले दिएको सहुलियत मुख्य कारण । 

* भारतमा अक्सिजनको संकट अझै उस्तै / अक्सिजन नपाएर दुई घण्टामा २४ संक्रमितको एउटै अस्पतालमा मृत्यु । 

* चितवनलाई दुई शून्यले हराउदै विराटनगर सुपर लिगको शीर्ष स्थानमा / चितवनलाई प्लेअफमा पुग्न कठिन ।