Kantipur Samachar | कान्तिपुर समाचार, २० चैत्र २०७७

चैत्र २०, २०७७

आजको मुख्य समाचार

* चार नेता निलम्बित भएपछि एमालेको असन्तुष्ट खेमा थप आक्रामक / घोषित रुपमै समानान्तर संगठन विस्तारको अभियान चलाउने / छुट्टै राजनीतिक दस्तावेजको तयारी ।

 

* उपलब्धिलाई उल्ट्याएर फेरि प्रतिगमनतिरै लाने षड्यन्त्र भएको माओवादी अध्यक्ष दाहालको दाबी / प्रधानमन्त्री ओली भन्छन्- कोही व्यक्ति प्रधानमन्त्री बन्न नपाउँदैमा प्रतिगमन हुँदैन ।

* महामारीकैबीच पर्वतारोहण क्षेत्र लयमा फर्किन थाल्यो / तीन महिनामा २३ टोलीका डेढ सय आरोहीले लिए अनुमति / १० करोडभन्दा बढी रोयल्टी संकलन । 

* म्यानमार नरसंहारको विषयमा छिमेकी मुलुकहरु तैँ चुप मै चुप / सैन्य शासक थप कठोर / आन्दोलनकारीलाई संगठित हुन नदिन इन्टरनेट सेवा बन्द । 

* त्रिदेशीय कप फुटबलको उपाधि विजेता खेलाडीलाई सरकारद्वारा पुरस्कार राशिको घोषणा / जनही चार-चार लाख रुपैयाँ दिइने ।