Kantipur Samachar | कान्तिपुर समाचार, ११ फागुन २०७७

फाल्गुन ११, २०७७

आजको मुख्य समाचार -

* प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला / प्रधानमन्त्रीको कदमदेखि राष्ट्रपतिको विज्ञप्तिसम्मका सम्पूर्ण काम असंवैधानिक ठहर / १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश । 

* प्रधानमन्त्रीको कदम अदालतद्वारा बदर भएपछि संवैधानिक सर्वोच्चता कायम भएको कानुनविदको प्रतिक्रिया / दाहाल खेमा भन्छ- प्रतिगमन पराजित भयो ।

* सर्वोच्चको फैसलालाई  लिएर सरकारी पक्ष प्रतिक्रियाविहिन / दाहाल समूह अन्य शक्तिलाई पनि विश्वासमा लिने रणनीतिमा । 

* मंगलग्रहमा नासाको अन्तरिक्ष यान अवतरणको अभुतपूर्व भिडियो सार्वजनिक/ अर्बौं वर्षअघि ठूलो ताल र जीव अस्तित्वमा रहेको वैज्ञानिकहरुको विश्वास छ ।

* च्याम्पियन्स लिगको अन्तिम १६मा साविक विजेता बायर्न म्युनिखले लाजियोसँग खेल्दै/ चेल्सी  र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा/ दुबै खेल राति सवा २ बजे सुरु हुने ।