माघ १, २०७७
आजको मुख्य समाचार -
* विभाजित नेकपाका दुवै खेमा एक-अर्काविरुद्ध संगठन परिचालनको रणनीतिमा / दाहाल खेमा सबै कमिटीको जिम्मेवारी टुंग्याउन जुट्यो / ओली समूह चुनावकेन्द्रित ।
* राष्ट्रिय सरोकारका गम्भीर विवाद निरूपणमा सर्वोच्च अदालत र निर्वाचन आयोगको ढिलाइ / राजनीतिक अन्योल र संकट झनै गहिरिँदै ।
* नेपाल प्रवेश गर्ने बेलहिया नाकामा मालवाहक सवारीमा भारतीय सुरक्षाकर्मीको अवरोध / एक हप्तादेखि हजारभन्दा बढी गाडी सीमापारि रोकिए ।
* अमेरिकी इतिहासमै दुईपटक महाभियोग लाग्ने राष्ट्रपति बने ट्रम्प / तल्लो सदनमा आफ्नै पार्टीका सांसदले गरे महाभियोगको पक्षमा मतदान ।
* प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट भोलीदेखि / मुख्य प्रायोजक नपाएपछि क्यानले पुरस्कार राशि घटायो ।