संवैधानिक आधारमा संसद विघटन गरेको देखिएन : विपिन अधिकारी

पुस ५, २०७७

संविधानविद् विपिन अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बमोजिम प्रतिनिधिसभा विघटन गरेको नदेखिने बताएका छन् । संसद् विघटनका लागि मन्त्रीपरिषद्को सिफारिस नै असंवैधानिक भएको संविधानविद् अधिकारीले बताए । संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसमाथि राष्ट्रपतिले पर्याप्त विमर्श नगरी अनुमोदन गर्नु उचित नभएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले चालेको कदम र अब उठ्न सक्ने संवैधानिक चुनौतीबारे संविधानविद् अधिकारीसँग विकास थपलियाले गरेको कुराकानी ।