Kantipur Samachar | कान्तिपुर समाचार, २० श्रावण २०७७

श्रावण २०, २०७७

Kantipur Samachar | कान्तिपुर समाचार, २० श्रावण २०७७

आजको मुख्य समाचार -

* कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो / काठमाडौं उपत्यकामै थपिए ६२ जना / अख्तियार मुख्यालयका १५ कर्मचारी पनि संक्रमित / तराईका पाँच जिल्लामा निषेधाज्ञा ।  

* महामारी तीब्र रूपमा फैलिँदै गएपछि नियन्त्रणका उपायबारे प्रधानमन्त्रीले विज्ञहरुसँग गरे दिनभर छलफल / १५ दिन लकडाउन गर्न जनस्वस्थ्यविद्को सुझाव ।

* छँदाखाँदाको महत्त्वपूर्ण जिम्मेवारी अलपत्र छाडी अर्को पद हत्याउन मरिहत्ते गर्ने प्रवृत्ति मौलायो / राजनीतिक पहुँचको आडमा एउटै व्यक्तिलाई निरन्तर अवसर ।  

* महामारीको असरले घरबहालमा मन्दी / सहरबजारका डेरा रित्तिँदै / घरधनी भन्छन्- आधा भाडा घटाउँदा पनि डेरावाल पाउन मुस्किल ।  

* भारतमा महामारीबाट एकै दिन ८ सय ३ जनाको मृत्यु / २४ घण्टामा मृत्यु हुने संख्या अमेरिका र ब्राजिलको भन्दा बढी ।