गाईजात्राको मौलिकपनमा महमारीको धक्का

श्रावण २०, २०७७

दिवंगत आफन्तको सम्झनामा बाासको प्रयोग गरी कपडाले सिंगारिएको गाईको प्रतिमा अर्थात् ताहामचा नगर परिक्रममा गराइएको छ । गाईका स्वरुप जनाउने अन्य बिभिन्न तरिकासहित नगर परिक्रमका क्रममा हुने घिन्ताङघिसी, माक, प्याखं, लुसिचा प्याख नााच भने यसपाली कतै पनि थिएनन् । यसबाहेक व्यंग्य-प्रहसन लगायतका गतिबिधी पनि भएनन् । कोरोना महामारीका कारण भीडभाडबाट जोगिन यसपालीको गाईजात्रा मनाउने मौलिक तरिका फेरिएको हो । नेवार समुदायले विशेष पर्वको रुपमा मनाउने गाइजात्रामा यसपटक झााकी पनि कतै निकालिएन । भदौं कृष्णपक्षका बेला मनाइने गाइजात्रालाई नेपाल भाषामा सापारु भनिन्छ । गाईका स्वरुपलाई नगर घुमाए मृतआत्माले शान्ति पाउने धार्मिक विश्वास छ । मंगलबार संघीय राजधानीको भक्तपुरसहित नेवार समुदायको बसोवास रहेका संखुवासभा, दोलखा, काभ्रे, धनकुटा, पाल्पा लगायतका स्थानमा भाइरसबाट जोगिन सावधानीसहित गाइजात्रा पर्व मनाइएको छ । सास्किृति जोगाउनका लागि स्वरुप फेरेर भएपनि गाइजात्रालाई निरन्तरता दिएको छ । वर्षभरीका बिकृतिमाथि ब्यंग्य गर्न गाइजात्राकै अवसरमा गरिने बिभिन्न हास्यब्यग्य तथा प्रहसनका कार्यक्रम यसपटक हुन सकेनन् । औपचारिक कार्यक्रमको सट्टा कलाकारहरुले प्रबिधिको प्रयोग गरी आफ्ना प्रस्तुती दिन भने छोडेनन् । किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपछि शोकमा डुवेकी रानीलाई नगरका जनताका घरमा कसै न कसैको मृत्य भएको हुन्छ भन्ने देखाउन गाइजात्रा निकाल्न सुरु गराएका थिए । सागै, रानीको मन शान्त पार्न हास्य व्यंग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्ने प्रचलन सुरु भएको मान्निछ ।