१५ दिन लकडाउन गर्न जनस्वस्थ्यविद्को सुझाव

श्रावण २०, २०७७

संक्रमितको संख्या ह्वात्तै बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको छलफलमा विज्ञहरुले १५ दिन लकडाउन गरेर भएपनि स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् । केही जनस्वास्थ्यविद्ले भने बढी संक्रमित भएको क्षेत्रमा मात्रै लकडाउन गरेर अर्थतन्त्रलाई चलायमान बनाउनु उपयुक्त हुने बताएका थिए । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भौतिक दुरी कायम गराउन र जोखिम बढी भएका क्षेत्र छानेर लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले भने सरकारको एक्लो प्रयासले कोरोना नियन्त्रण नहुने बताएका थिए। प्रधानमन्त्रीले महामारी रोकथाममा सरकारलाई सघाउन र संकटलाई विरोध गर्ने अवसरका रुपमा नलिन समेत आग्रह गरे ।