Kantipur Samachar | कान्तिपुर समाचार, १९ श्रावण २०७७

श्रावण १९, २०७७

Kantipur Samachar | कान्तिपुर समाचार, १९ श्रावण २०७७

आजको मुख्य समाचार -

*  लकडाउन खुलेयता आज सबैभन्दा धेरै ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि / थप एकको मृत्यु / पुन: लकडाउन हुन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी । 

*  नेकपाका दुई अध्यक्षबीच आज भएको छलफल पनि निष्कर्षविहीन / माधव नेपाल पक्षधर भन्छन् – पार्टी कमिटिलाई उपेक्षा गरेर सहमति हुन सक्दैन । 

*  लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा शुसील भट्टलाई नियुक्त गर्ने मन्त्रीपरिषद्को निर्णय । 

*  भारतमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गर्न बेलायतको अक्सफोर्ड विश्वविद्यालयलाई अनुमति / खोपको दोस्रो र तेस्रो चरणको परीक्षण हुने । 

*  विगतमा अन्तर्राष्ट्रिय सफलता दिलाउन सक्षम बक्सिङ खेलको साख निरन्तर ओरालो / संघका पदाधिकारी आन्तरिक किचलोमै व्यस्त ।