दरौंदीको रौद्र रुप, साढे ३ सय किसानको बिचल्ली

श्रावण १९, २०७७

गोरखाको दरौंदी नदीमा आएको बाढीले दाउड तामाङको खैरीखेत पूरै सेतीबगर बनाइदिएको छ । एक साताअघि दरौदी नदीको बाढीले पालुङटार नगरपालिकाको झोलुङ्गेफााटमा रहेको उनको ५० मुरी धान फल्ने खेत सेतीबगर बनेपछि अहिले तामाङ समस्यामा परेका छन् । दरौंदी नदी र आसपासका बिर्दी, भुसेण्डे र सिर्दी लगायतका खोलामा जस्तै तीन सय ५० घरभन्दा बढी किसानको सपना बगाएको छ । दरौंदी आसपासका किसानले तटबन्ध तथा बाढी रोकथामको अभावका कारण असारमा रोपेको धान पनि बाढी नआएको वर्ष मात्र  मंसिरमा भित्र्याउन पाउाछन् । बाढीले दरौंदी नदी आसपासको करिब १५ सय रोपनी धान खेतमा क्षति पुगेको छ । त्यस्तै जिल्लाका अरु खोला छेउछेउका पनि थप एक हजार रोपनी धानखेती क्षति भएको कृषि ज्ञान केन्द्र गोरखाको तथ्यांक छ । 

दरौंदी नदी र यसको आसपासमा जोडिएका विभिन्न खोलामा आएको बाढीले गोरखा नगरपालिका, पालुङटार नगरपालिका,सिरानचोक गाउापालिकाका किसानको धान खेतमा दरौंदीको बाढीले क्षति पुर्‍याएको हो  ।