लकडाउनमा सुर्खेतमा विद्युत खानेपानीको महसुल तेब्बर

श्रावण १३, २०७७

सुर्खेतमा विद्युत् र खानेपानी कार्यालयले लकडाउनको मौका छोपेर अस्वाभाविक महसुल असुलको छ । नियमित तिर्दै आएको रकमभन्दा तेब्बर रकम उपभोक्तालाई तिराएको छ ।

सुर्खेतको वीरेन्द्रनगर ६ की रामकुमारी खत्रीले खानेपानीको महसुल मासिक एक हजारको हाराहारीमा तिर्दै आएकी छन् । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले चैतको दोस्रो सातादेखि लकडाउन गरेपनि उनले चैत, बैशाख, जेठ महिनाको महसुल तिरिरहिन् । तर, खानेपानी कार्यालयले भने, अहिले लकडाउन अवधिसहितको भन्दै ११ हजारभन्दा बढी महशुल बुझाउन ताकेता गरेको छ ।

यस्तै, वीरेन्द्रनगरका दिर्घ रानाले पनि नियमति बुझाउने विद्युतको महसुलभन्दा असारमा बढी तिरे । तीन महिनाको पााच सय तिर्थे भने, यसपटक एकै महिनाको पाँच सय तिरेका हुन् । लकडाउन अवधिमा अनुमान गर्दै महसुल लिने र पछिल्लो समय मिटर रिडिङ गरेर नियमित रकमभन्दा दोब्बर तेब्बर तिर्न लगाउादा उपभोक्ता मर्कामा परेका छन् । 

विद्युतका झण्डै ५० हजार उपभोक्ता रहेको सुर्खेतमा वीरेन्द्रनगरमा भण्डै १९ हजारभन्दा बढी खानेपानीका उपभोक्ता छन् । खानेपानी र विद्युत कार्यालयले पुस, माघ, फागुन महिनाको जम्मा खपत युनिटलाई आधार मान्दै लकडाउन अवधि चैत, बैशाख, जेठ तीन महिनाको जम्मा खपत युनिटको महशुल असुल गरे ।

पछिल्लो पटक मिटर रिडिङ गर्दै नियमति तिर्दै आएको महशुल भन्दा बढी तिर्न लगाएको छ । पहिलेको अनुमानित र अहिले रिडिङ गर्दा आएको यथार्थ खपत युनिट जोडिदा महशुल रकम बढी भएको हुदाा महशुल मिलान गरिने कार्यालयको दावी छ । 

यसअघि लकडाउनका कारण विद्युत र खानेपानी कार्यालयले मिटरको रिडिङ गर्न सकेन भने, उपभोक्ताले कार्यालयसम्म पुगेर महसुल तिर्न सक्ने अवस्था भएन । जसले गर्दा पनि विद्युत् र पानीको महसुलमा उतार चढाव भएको देखिन्छ । प्राविधिक त्रुटि भएको भए सच्याउन सकिने कार्यालयका अधिकारीको संकेत छ ।